News Portal

  • दोहोरी च्याम्पियन आजदेखि सुरु, प्रथम पुरस्कार २० लाख

    जनगर्जन संवाददाता
    ११६९ पटक

    काठमाडौं । लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ हुने भएको छ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ नारासहित सुरु हुन लागेको ‘दोहोरी च्याम्पियन’को डिजिटल अडिसन आजबाट सुरु भएको छ ।

    फागुन १ बाट सुरु डिजिटल अडिसन ८ गतेसम्म दिन सकिने छ । सहभागिताका लागि एकजना पुरुष र एकजना महिलाको समूह बनाएर कम्तिमा ४-४ टुक्का दोहोरी गाएर फेसबुक अथवा इमेलमा पठाउनु पर्नेछ ।

    नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘दोहोरी च्याम्पियन’का प्रथमले २० लाख, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः १० लाख, ३ लाख र २ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको निर्णायकका रुपमा बद्री पंगेनी र प्रिती आले रहने छन् । प्रतियोगिता नेपाल टेलिभिजनबाट चाँडै प्रशारण हुने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्