News Portal

  • विप्लवसहित चार दलको रणनैतिक मोर्चाद्वारा आन्दोलन घोषणा

    जनगर्जन संवाददाता
    ८४ पटक

    माघ २९ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपा सहित चार दलले आज सँयुक्त रणनीतिक मोर्चा घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपाल र रिषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मोर्चामा सामेल छन् ।

    चार दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा निर्माण गर्नुका साथै माघ २९ गतेदेखि फागुण १८ गते सम्मका लागि संघर्षको कार्यक्रम समेत सार्वजनिक गरिएको छ । प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अवधारणा पत्र समेत सार्वजनिक भएको छ ।

    घोषित संघर्षका कार्यक्रम अनुसार फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभाको आयोजना मोर्चाले गर्नेछ । कार्यक्रमामा मोर्चाको अवधारणा पनि सार्वजनिक गरिएको छ ।

    रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल छन् । पछि तीन जना थपिने भनिएको छ ।

    मोर्चाको पहिलो बैठकले अध्यक्ष र सचिव चयन गर्नेछ । यो मोर्चा तल्लो तहमा समेत विस्तार गरिने जनाईएको छ ।
    अवधारणा पत्रमा मोर्चाको उदेश्य दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ताको अन्त्य गरी जनगणतन्त्ररवैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु रहेको उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस्