News Portal

  • निर्वाचनको तयारीलाई तीव्र पार्न प्रधानमन्त्रीद्धारा आयोगलाई आग्रह

    जनगर्जन संवाददाता
    ३८७ पटक

    माघ २७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको कामलाई निरन्तरता दिन सुझाव दिएका छन् ।
    आज निर्वाचन आयोग पुग्नुभएका प्रधानमन्त्री ओलीले आयोगसँगको छलफलमा आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनको तयारीलाई निरन्तरता दिन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    ‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरूले निर्वाचनको तयारीको सन्दर्भमा जानकारी दिएका छन । प्रधानमन्त्रीले निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव दिनुभएको छ’, सल्लाहकार थापाले भने ।

    आयोगसँगको छलफलपछि प्रतिक्रिया दिँदै सल्लाहकार थापाले निर्वाचनका लागि सुरक्षा बस्दोबस्ती, आवश्यक बजेट लगायतका निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्नका लागि आयोग गएको सुझाव दिए ।
    नेकपा विवादले विषयमा प्रधानमन्त्री र आयुक्तहरूबीच कुनै पनि छलफलन नभएको थापाले दाबी गरे । ‘

    प्रतिकृया दिनुहोस्