News Portal

  • नेतृ आङ सान सुकी लगायतका नेताहररुलाई तत्काल रिहाई नगरे म्यानमारको सेनाविरुद्ध कदम चाल्ने बाइडनको चेतावनी

    जनगर्जन संवाददाता
    ५५५ पटक

    २० माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने धम्की दिएका छन् ।

    म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएको छ । साथै एक वर्ष संकटकालको घोषणा गरेको छ ।

    म्यानमारको सेनाको सो कदमको बाइडनले कडा शब्दमा विरोध जनाएका छन् । उनले म्यानमारको सत्ता तत्काल छोड्न सेनालाई भनेका छन् । अन्यथा ‘उचित कदम’ चाल्ने बाइडनले चेतावनी दिएका छन् ।

    म्यानमारमा भएको सैनिक ‘कू’को विश्वभरबाट विरोध भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्