News Portal

  • जुम्लामा भीषण आगलागी क्षतिको विस्तृत विवरण आउन बाँकी

    जनगर्जन संवाददाता
    ३०३ पटक

    माघ १४, बुटवल । जुम्लाको तिला गाउँपालिका वडा नं ७ गोठीगाउँमा मंगलबार राति भीषण आगलागी भएको छ। प्रहरीका अनुसार आगलागीबाट २५ वटा भन्दा बढी जलेर नष्ट भएका छन्।

    मंगलबार राति ७ बजे सुरु भएको आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। तर क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

    आगलागी भएको ठाउँ जुम्लाको सदरमुकामबाट ३५ किलोमिटर टाढा पर्छ।

    प्रतिकृया दिनुहोस्