News Portal

  • कांग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको घोषणा

    जनगर्जन संवाददाता
    २९३ पटक

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा थप आन्दोलन गर्ने निर्णय गरेको छ ।आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

    उनकाअनुसार माघ १९ गते देशैभर भातृ संस्थाहरूको नेतृत्वमा सरकारविरूद्ध प्रदर्शन हुने निर्णय भएको छ ।यस्तै माघ २४ देशभर शुभेच्छुक संस्थाहरूको नेतृत्वमा देशैभर प्रदर्शन गर्ने पनि निर्णय भएको हो ।

    कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार माघ ३० गते जिल्ला कार्यसमितिहरूले प्रदर्शन गर्नेछन् ।यस्तै आजको बैठकले महाधिवेशनबारे पनि केही निर्णय गरेको छ ।माघ मसान्तभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण टुंग्याउन पनि निर्देशन दिइएको कांग्रेसले जनाएको छ।

    प्रतिकृया दिनुहोस्