News Portal

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज  बस्दैछ ।

    जनगर्जन संवाददाता
    ३०८ पटक

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खने भन्ने अलमलमा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज  बस्दैछ ।

    देउवाले अदालतमा बहस जारी रहँदा अदालतलाई प्रभावित पर्नेगरि आन्दोलन गर्न नहुने बताइरहेको छन उनी अझै थप आन्दोलनका लागि तयार नभएको संस्थापन पक्षका एक नेता बताउँछन् ।बैठकको अघिल्ला दिन हिजा् दुई महामन्त्री सहित दुबै पक्षका नेताहरुको बैठकमा पौडेल पक्षका नेताहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्नुपर्ने बताएको भएपनि देउवा पक्षकाले भने सभापतिसँग छलफल गर्नुपर्ने बताएका थिए ।

    हिजो महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पौडेल पक्षका नेताहरुले संसद विघटन विरुद्ध आन्दोलनका लागि थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।आज मंगलबार पार्टी कार्यालय सानेपामा १ बजेका लागि बोलाइएको बैठकमा संसद विघटन र महाधिवेशनको तयारीका बारेमा छलफल हुने बताइएको छ ।

    तर संसद विघटन विरुद्धमा आन्दोलनको घोषणा हुने वा नहुने भन्नेमा भने कुनै टुंगो नभएको नताहरुले बताएका छन् ।पार्टी सभापति शेरबहादुर देउवा तत्काल आन्दोनको घोषणा गरिहाल्ने पक्षमा नरहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बुझाइ छ ।

    तर केही दिनअघि माधव नेपालसँगको भेटपछि भने सभापति देउवाले आन्दोलनको पक्षमा अभिव्यक्ति दिएका थिए ।वैशाखमा तोकिएको निर्वाचन भएको खण्डमा त्यसको लाभ सबैभन्दा बढी कांग्रेसलाई हुने भन्दै उनी आन्दोलनको पक्षमा लागि हाल्ने अवस्था नबन सक्ने कतिपयको अनुमान छ ।

    देउवाले अदालतमा बहस जारी रहँदा अदालतलाई प्रभावित पर्नेगरि आन्दोलन गर्न नहुने बताइरहेको भन्दै उनी अझै थप आन्दोलनका लागि तयार नभएको संस्थापन पक्षका एक नेता बताउँछन् । बैठकको अघिल्ला दिन हिजो दुई महामन्त्रीसहित दुबै पक्षका नेताहरुको बैठकमा पौडेल पक्षका नेताहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्नुपर्ने बताएको भएपनि देउवा पक्षकाले भने सभापतिसँग छलफल गर्नुपर्ने बताएका थिए ।

    प्रतिकृया दिनुहोस्