News Portal

  • गृहजिल्ला जाँदै गरेका खेलकुद मन्त्री तामाङलाई बाटोमा अवरोध गरेपछी भयो यस्तो अबस्था

    जनगर्जन संवाददाता
    ३०५ पटक

    काठमाडौँ– गृहजिल्ला सिन्धुपाल्चोक हिँडेका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बाटोमै अवरोध भएको छ ।

    कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक जाँदै गरेका मन्त्री तामाङलाई इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको छ।

    बाटोमा अवरोध भएपछि मन्त्री तामाङ ४ घण्टादेखि मेलम्ची बजारमै रोकिएका छन्। मन्त्री तामाङ इन्द्रावती गाउँपालिका ५ स्थित ऐँसेलुखर्क कार्यकर्ता भेलामा सहभागी हुन हिँडेका हुन्।

    नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक विभाजन भइसकेपछि मन्त्री तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा पुगेका छन्। उनी गृहमन्त्री रामबहादुर थापा बादल निकटका हुन्।सो जिल्लामा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पकड छ। सभामुख अग्नी  सापकोटाको गृहजिल्ला पनि हो ।

     

    प्रतिकृया दिनुहोस्