News Portal

  • नेपाली काँग्रेसले आज प्रतिनिधिसभा विघटनको विरोधमा देशभरी प्रदर्शन गर्दै

    जनगर्जन संवाददाता
    १५२ पटक

    ८ माघ, काठमाडौं । नेपाली काँग्रेसले आज प्रतिनिधिसभा विघटनको विरोधमा देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ । असंवैधानिक रुपमा भएको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली काँंग्रेसले जनाएको छ ।

    काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

    अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर सफल बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस्