News Portal

  • पूर्वमाओवादीका साथीहरूलाइ

    विप्लव
    ५६१ पटक

    पूर्वमाओवादी आन्दोलनका साथीहरूले एकपटक नयाँ सोचबनाउनुपर्ने र साहस गर्ने बेला आएको छ । मुख्यतः नयाँ जनवाद–वैज्ञानिक समाजवादका लागि अनेकौँ दुःख कष्ट झेलेका, भीषण युद्धका मोर्चामालडेका, आफ्नै हातले सयौँ सहयोद्धाहरूको शव व्यवस्थापन गरेका, वीरसहिदहरूलाई अँगालो हालेर मुक्ति र बलिदानको कसम खाएका, बेपत्तापारिएका र सहिद भएका परिवारका साथीहरूले नयाँ सोच र साहस प्रदर्शनगर्ने समय आएको छ । हामीले आफूलाई बदल्यौँ भने दुनियाँ बदल्न सकिन्छ । आफूले नयाँ सोच्यौँ भने अरूलाई सिकाउन सकिन्छ ।हामी त्यति बेला साँचो माओवादी भएका थियौँ जबहामीले आफ्नो सुन्दर जीवनलाई जनता र देशका लागि भनेर होमिदिएका थियौँ । आफ्नाघर भत्काएर जनताका घरलाई आफ्नो घर बनाएका थियौँ । आफ्नो परिवार भन्दा माथि उठेर जनतालाई नयाँ परिवार बनाएका थियौँ । आफूले नखाएर, नलगाएर पनि जनतालाई सुख दिने अठोट बोकेर जोखिमका पहाडहरू चढेका थियौँ । सारमा माओवादीको उदय नै निजी जीवनको बलिदान र सामूहिक जीवनको आरम्भ बाट भयो ।गलत नीति लिएपछि आन्दोलन कसरी भत्किन्छ, देशले कति दुःखपाउनुपर्छ, नेताहरू कसरी अपमानित हुन पुग्छन् अनि कार्यकर्ता र जनताले कस्ता पीडा खेप्नुपर्छ भन्ने उदाहरण पछिल्ला प्रयोग बनेका छन् ।

    २०६३ सालपछि जब हामी लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यनीतिक कार्यक्रम लिएर काठमाडौँमा पुग्यौँ त्यसलाई सम्पूर्ण उद्देश्य बनाउन पुग्दा,कथित लोकतन्त्रको तन्त्रमन्त्रमा हराउँदा, हाम्रा सोचाइ र जीवनपद्धतिमाअकल्पनीय बेमेलका रूपहरू देखिन थाले । क्रान्तिका मूल्य, मान्यतर संस्कारभन्दा ठीक उल्टा सोच, व्यवहार,जीवनशैली र सम्बन्धहरू पोखिन थाले ।जनयुद्धका महान् उपलब्धिहरू एक–एक गर्दै समाप्त पारिए । अन्ततः जुनसत्ता, व्यवस्था र प्रवृत्ति विरुद्ध जीवन–मरणको लडाइँ लडेर सहर गयौँ,उनीहरू नै पो टाउका माथि शासन बजार्ने हाकिममा परिणत भए । हाम्रो सपना भयानक दुर्घटनामा प¥यो । जरौँले लोकतन्त्रलाई सुनपङ्खी घोडाबनाएर समाजवादको यात्रा गर्छुभन्दा प्रचण्ड–बाबुराम–बादलहरूको हालत हारेको जुवाडेकोभन्दा पनि खराब बन्न पुगेको विरूप तस्बिर हाम्रासामु छर्लङ्ग छ । बाबुराम भट्टराई आफ्नो कक्षबाट उछिट्टिएको ग्रहजस्तो कम्युनिस्टआन्दोलनबाट उछिट्टिएर कता हो कता पुगेकाछन् । प्रचण्ड सूर्यबाट चन्द्रमामा बदलिँदै कालो दुलोतिर हुत्तिँदैछन् । बादल भ्याकुममा हल्लिने पेन्डुलम जस्तो वारि भित्ता र पारि भित्ता हल्लिँदाहल्लिँदा बेहाल भएका छन् । आफ्नो
    छोडेर अरूतिर सल्किँदाको कुरूप परिणाम यस्तैहुन्छ ।सरकारी डबल नेकपा भित्रको कचिङ्गल माथि केपी वलीले संसद् विघटनको घन बर्सााएपछि एकथरी कू भयो, प्रतिगमन भयो,अपहरण भयो भन्दै हिँडेका छन् । अर्को थरी लोकतन्त्रको रक्षा भयो, जनमत लिन पाइनेभयो, अराजकता रोकियो भन्दै हिँडेका छन् ।शक्तिकेन्द्रहरू पनि धमिलो पानीमा माछा छोप्नआफ्ना जालहरू फिँजाइरहेका छन् । उनीहरूले सङ्कटको निकासबारे अनेकौँ समाधानका प्रस्तावहरू गरिरहेका छन् । केपी वली आफ्नो नेतृत्वमा हुने मध्यावधि चुनाव नै उत्तम निकास बताइरहेका छन्, प्रचण्ड–माधवले संसद्को पुनस्र्थापना र आफ्नो नेतृत्वमा सरकार गठन समाधान बताइरहेका छन् ।

    काङ्ग्रेस मुखले विघटनको विरोध, मनले चुनाव चाहिरहेको छ । जनता समाजवादीलाई केपीको कदम ठीक लागेको छैन तर प्रचण्ड–माधवहरूको सरकार बनाउने पनि रुचि छैन । हाम्रो दृष्टिकोण छ– केपी वलीको कदम कुनै व्यक्ति वा दलविशेषको मात्र समस्या नभई विदेशी शक्तिकेन्द्रहरूको हस्तक्षेपमा दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाभित्र हुने तुच्छ स्वार्थसमूहहरूको सङ्घर्षको परिणाम हो । जनविरोधी दलाल पुँजीवादी सत्ता–संसदीय व्यवस्थाको असफलता र सङ्कट हो । यो हुनुमा केपीको दोष छ तर उनको मात्र छैन, डबल नेकपाको असफलता छ तर त्यति मात्र छैन । यो केपी र प्रचण्डको झगडाको कारण पनि हो तर यत्ति मात्र होइन, यसमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको
    हात पनि छ । यसमा उनीहरू सबैको असफलता, सङ्कट र पश्चगमन जिम्मेवार छ । यसको निकास पुनः संसद्वादी गोलचक्करमै खोज्नु अर्को गल्ती र मूर्खता गर्नु हुन्छ । सयौँ वर्ष पुँजीवादमा चलेका देशमा समेत वैज्ञानिक समाजवादको विकल्प सोचिरहँदा हाम्रोजस्तो दलाल पुँजीवादी सत्ता भएको देशमा संसदीय विकल्पमै घुम्न–घुमाउन खोज्नु भनेको जनतालाई दशकौँसम्म अन्धकार सुरुङभित्र घचेट्नुजस्तै हो । जनताका बीचमा काम गर्दा हामीले देखेका छौँ– विगत क्रान्तिमा योगदान र सहयोग गरेका साथै परिवर्तनको चाहना राखेका नागरिकहरू जहाँ भए पनि कत्ति सन्तुष्ट छैनन् । उनीहरू केवल सरकारको हेरफेरमा चलाइने हल्लाखल्लामा कुनै आशा देख्दैनन् । संसद् र संसदीय पार्टीहरूप्रति विश्वास गर्दैनन् । उनीहरूभित्र असन्तोष र असहमतिको राप मात्र छैन, नयाँ परिवर्तन होस् भन्ने आशा र अपेक्षाको ताप पनि छ । एकपटक क्रान्तिकारीहरूले परिवर्तनको नेतृत्व गरून् र देश नयाँ जनताको व्यवस्था वैज्ञानिक समाजवादमा प्रवेश गरोस् भन्ने चाहन्छन् ।यहीँनिर क्रान्तिकारीहरूले नयाँ सोचाइ बनाउने र निर्णय लिने साहस गर्ने बेला भएको छ ।

    हरेक अग्रगामी, परिवर्तनकारी शक्ति रव्यक्तिको मूल दायित्व समस्यालाई सही ढंगले बुझिसकेपछि त्यसलाई अग्रगामी निकास दिनु हुन्छ । आज जनताले भोगिरहेको सङ्कटको निकास संसदीय व्यवस्था र सरकारभित्रैको गोलचक्कर किमार्थ होइन, वैज्ञानिक समाजवाद नै हो भन्ने स्पष्ट भइसकेपछि विगतमा हामीबाट जताजता त्रुटि, गल्ती, कमजोरी भए पनि तिनलाई सच्याउनुपर्छ । जहाँबाट बाटो बिराइएको थियो, त्यही बिन्दुमा नयाँ सोचका साथ फर्किन आँट गर्नुपर्छ । देशलाई नेतृत्व दिनका लागि आत्मसमीक्षासहित नयाँ धु्रवीकरणमा सहभागी बन्नुपर्छ । कमजोरी सच्याएर जनताका पक्षमा उभिँदा कमजोर भइँदैन, तल परिँदैन, बरु बलियो र सफल भइन्छ । यसो गर्न हिच्किचायौँ भने निर्णय लिन ढिला हुनेछ । ढिला पटक्कै नगरौँ । नेपाली राजनीतिक सङ्घर्षको यात्रामा हामीले प्रत्यक्ष भोगेका विजय र पराजयका तीता–मीठा अनुभवले अचुक ज्ञान दिएको छ– सत्यमा जीवन, झूटमा मृत्यु, त्यागमा सम्मान स्वार्थमा अपमान, गतिमा उत्थान, जडतामा पतन । यो कुनै एकको बुझाइ होइन, पूर्वमाओवादी आन्दोलनका सबै साथीहरूको गहिरो अनुभूति हो । यस अनुभूतिलाई रूपान्तरण, एकता र क्रान्तिमा बदल्नका लागि सबैले संसदीय चक्करबाट आफूलाई बाहिर झिक्न र आमूल परिवर्तनकारी सङ्घर्षमा सहभागी बनाउन साहस गर्ने बेला भएको छ । हामीले त्यस्तो साहस गरेमा नेपालमा क्रान्तिकारी धु्रवीकरण र अग्रगामी रूपान्तरणको सम्भावना प्रबल बनेको छ । यो क्रान्तिकारी आन्दोलनको नयाँ चरण हुनेछ जसले दलाल पुँजीवादको चक्करले पैदा गरेको कालो बादललाई सदाका लागि हटाएर जनतालाई वैज्ञानिक समाजवादको न्यानो र उज्यालो बिहानीमा प्रवेश गराउनेछ ।

    प्रतिकृया दिनुहोस्