News Portal

  • प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधान नै असफल : मोहन वैद्य

    जनगर्जन संवाददाता
    ४० पटक

    २ माघ, विराटनगर । मोरङको लक्ष्मीमार्गमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संसदीय व्यवस्था र संविधान नै असफल भएको बताएका छन् ।

    उनले पार्टीभित्रको किचलोका कारण संसद् माथि प्रहार गरेको वर्तमान सरकारबाट थप खतरा रहेको बताउँदै उनले पुरानै व्यवस्था ल्याउन खोजिएको बताए ।पार्टीको कामको शिलशिलामा पूर्व आएका उनले पुरानै व्यवस्था ल्याउन खोजिए थप संघर्ष गर्नुपर्ने बताए । अहिलको संसदीय व्यवस्था असफल भएकाले जनगणतन्त्रको मुद्दा स्थापित गर्नु पर्ने उनको भनाइ थियो ।

    पूर्व सहकर्मी रामबहादुर थापा बादल र मणि थापालगायत पूर्व माओवादीमा रहेका नेताले ओली समूह रोजेका विषयमा तपाईंको बिचार के छ भनी गिरएकाे जिज्ञासमा उनले बादल र थापाको विषयमा धेरै टिप्पणी गर्नु उचित नभएको भन्दै मन्त्री पद पाएका कारण ओली समूहमा लागेको बताए ।

    तत्कालिन माओवादी विभाजन हुँदा बादल वैद्यसँगै गएका थिए । बादल पछि पुनः प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किएका थिए । नेकपा एकता हुँदै विभाजनमा पुग्दा वैद्यका पूर्व सहकर्मी बादल, थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट ओली समूहमा छन् ।

    ‘तीन वटै नेता सही छैनन् (प्रचण्ड, माधवकुमार नेपाल र प्रधानमन्त्री ओली), अलिक कम खराब प्रचण्ड–माधव हुन् भन्ने हो,’ उनले भने, ‘ यता मन्त्री पाउने भए यतै आउनुहुन्थ्यो होला उत्ता पाउने भएपछि उतै जानु भो । यसबारेमा थप टिप्पणी नगरौं ।’

    प्रतिकृया दिनुहोस्