News Portal

  • अमरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको ,ट्वीटरले ट्वीटर एकाउन्ट सधैंका लागि बन्द गरिदियो

    जनगर्जन संवाददाता
    ९१ पटक

    एजेन्सी पुष २५ । अमरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर एकाउन्ट सधैंको लागि बन्द भएको छ । ट्वीटरले नै ट्रम्पको ट्वीटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाइदिएको हो । विश्वमा हिंसा भड्काउन प्रेरित गरेको भन्दै उनको एकान्ट बन्द गरिएको ट्वीटरले जनाएको छ ।

    ट्वीटरले यसबारे जानकारी दिँदै लेखेको छ, ‘उनले हालै गरेका ट्वीटलाई सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालको घटनालाई मध्यनजर गर्दै हिंसा भड्काएको र जोखिमका कारण हामीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएका छौं ।’ यसअघि पनि ट्वीटरले ६ जनवरीमा ट्रम्पको ट्वीटर अकाउन्टलाई १२ घण्टाका लागि प्रतिबन्ध लगाइदिएको थियो ।

    आफूले राष्ट्रपति चुनाबमा पराजय भोगेपछि ट्रम्प प्रतिद्धन्द्धी जो बाइडन र कर्मचारीहरुसित रुष्ट हुँदै आएका थिए । इलेक्ट्रिक भोट गणनामा बद्मासी भएको उनको आरोप रहेको छ । त्यसभन्दा अघिपनि उनी अरु धेरै विषयमा आवश्कता भन्दा बढी बोल्ने गरेको आरोप लाग्दै आएको थियो ।

    प्रतिकृया दिनुहोस्