News Portal

  • पूर्व प्रधानन्यायाधीशहरुले संसद विघटन असंवैधानिक भएको भन्दै दिए सँयुक्त विज्ञप्ति

    जनगर्जन संवाददाता
    ११० पटक

    काठमाडौं । संसद विघटन बिरुद्ध परेको रिटमा सर्वोच्चमा बहस चलिरहेका बेला चार जना पूर्व प्रधानन्यायधीशले संसद विघटन असंवैधानिक भएको निष्कर्ष निकालेका छन् । पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले आज एक

    संयुक्त विज्ञप्ति जारी गरी यस्तो धारणा ल्याए पछि वर्तमान प्रधानन्यायधीशमाथि थप दबाब बढेको छ ।
    उनीहरुले नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद गठन गर्ने सिलसिलामा वा सो प्रयोजनका लागि बाहेकको कुनै पनि अवस्थामा प्रतिनिधिसभा विघटन गर्ने अधिकार एवम् व्यवस्था नगरिएको दाबी गरेका छन् ।

    पूर्व प्रधान्यायाधीशहरुले अप्रत्यासित रुपमा गरिएको संसद विघटनले देशको संवैधानिक पद्धतिको कार्यान्वयन, राजनीतिक स्थायित्व, सुशासन र विकास वातावरणमा अनपेक्षित रुपमा प्रतिकूल प्रभाव परेको बताएका छन् ।

     

    प्रतिकृया दिनुहोस्