News Portal

  • विदेशी चलखेलकै कारण संसद विघटन भएको दावी : रामचन्द्र पौडेल

    जनगर्जन संवाददाता
    ५८ पटक

    काठमाडौं । मंगलबार जनता समाजवादी पार्टीले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ,नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा काँग्रेसमा तरङ्ग आएको बताएका छन् । आफ्नै पार्टीका कतिपय नेता संसद् विघटन हुँदा खुशी भएपनि आफूले संसद विघटनले पार्टीलाई फाइदा भएपनि देशलाई घाटा हुने कुरा राखेकोबताए ।

    उनले भने- लोकतन्त्र रहेमात्र हामी सांसद् बन्छौँ, मन्त्री बन्छौँ, प्रधानमन्त्री बन्छौ भनेपछि मात्र नेताहरूको चित्त बुझाउनु भएको छ । पार्टीको आन्तरिक विवादको कारण संसद विघटन गरिदिने काम विगतमा भएको थियो । हाम्रो पार्टीका तत्कालीन सभापति तथा प्रधानमन्त्रीले गर्नु पनि भएको थियो ।” उनले विदेशी चलखेलकै कारण संसद विघटन भएको पनि दावी गरे ।

    प्रतिकृया दिनुहोस्