News Portal

  • अस्पतालमै क्रिश्चियन धर्म प्रचार गराएको आरोप लागेका अमेरिकी डा.माइकल फरार

    जनगर्जन संवाददाता
    १२४६ पटक

    काठमाडौं । अस्पताल भित्रै चर्च स्थापना गरेर हिन्दु र बौद्धमार्गी नेपाली नागरिकलाई गैरकानुनी रुपमा धर्म परिवर्तन गराएको आरोपमा सरकारले छानबिन सुरु गरेपछि काभ्रेको बनेपास्थित शिर मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अमेरिकी नागरिक डा.डेल माइकल मोल भागेका छन् ।

    कारबाही हुनु २ दिनअगावै उनी पत्नी सुशन मोलसहित सोमबार अमेरिका प्रस्थान गरेका हुन् । अस्पतालको वेबसाइटमा उल्लेख भएअनुसार डेल अझै प्रमुख कार्यकारी अधिकृत र पत्नी सुशन सोही अस्पतालकी कर्मचारी हुन् । उनी प्रोजेक्ट विज्ञका रुपमा कार्यरत थिइन् ।

    डेल दम्पती सन् २०१५ डिसेम्बरदेखि अस्पतालमा कार्यरत थिए । शिर मेमोरियल अस्पताल सन् १९६० बाट अमेरिकी नागरिक चाल्र्स जे शिर र उनी धर्मपत्नी क्यारोलिनका नाममा स्थापना भएको थियो । यो अस्पताल अमेरिकास्थित सेभेन्थ डे एडभेन्टिस्ट चर्चको सहयोगमा खोलिएको थियो ।

    गृह मन्त्रालयबाट भइरहेको आन्तरिक अनुसन्धान र त्यसपछि पक्राउ पर्न सक्ने सुइँको पाएपछि उनी पत्नीसहित नेपाल छाडेर भागेको गृह मन्त्रालय स्रोतले जानकारी दियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस्