News Portal

  • चिनियाँ उच्चस्तरीय टोली राजनीतिक भेटवार्तामा व्यस्त

    जनगर्जन संवाददाता
    १०९ पटक

    काठमाडौं । नेकपा विवाद र संसद विघटनपछि नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो । नेपाल आएलगत्तै टोलीले उच्चस्तरीय भेटघाट सुरु गरेको हो ।

    आइतबार काठमाडौं उत्रिएलगत्तै उक्त टोलीले दूतावासमा ब्रिफिङ लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरिसकेको छ ।नेपालको चार दिने भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोली आज दोस्रो दिन पनि राजनीतिक भेटवार्तामा व्यस्त हुने भएको छ ।

    चिनियाँ टोली अहिले नेकपा (प्रचण्ड-माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेको छ । अहले अध्यक्ष प्रचण्डसँग चिनियाँ टोलीको भेटवार्ता भइरहेको छ । प्रचण्डलाई भेटेपछि आजै अर्का अध्यक्ष माधवकुमार नेपाललाई चिनियाँ टोलीले भेट्दैछ ।

     

    प्रतिकृया दिनुहोस्