News Portal

  • काठमाडौंमा यी स्थानमा हुँदैछ कांग्रेसको विरोध प्रदर्शन

    जनगर्जन संवाददाता
    ४५५ पटक

    ३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको हकमा दिउँसो एक बजे प्रदर्शन हुने छ ।

    काठमाडौंका १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा दिउँसो १ बजे प्रदर्शन हुने छ र त्यसलाई सम्बन्धित निर्वाचन क्षेत्रका नेता, केन्द्रीय सदस्य र अगुवा नेताहरुले सम्बोधन गर्नु  हुनेछ ।

    अध्यक्ष बानियाँका अनुसार काठमाडौंका यी स्थानमा हुनेछन् विरोध प्रदर्शन –निर्वाचन क्षेत्र नम्बर १- नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि,निर्वाचन क्षेत्र नम्बर २कोटेश्वरचोक,निर्वाचनक्षेत्रनम्बर ३- जोरपाटी चोकनिर्वाचन ,क्षेत्र नम्बर ४- नारायणचौर नक्सालनिर्वाचन, क्षेत्र नम्बर ५- महाराजगन्ज, नारायणगोपालचोक निर्वाचन, नम्बर ६- मनमैजु, लोकतान्त्रिक चोकनिर्वाचन ,क्षेत्र नम्बर ७- बालाजुचोक निर्वाचन ,क्षेत्रनम्बर८-बसन्तपुर डबली, निर्वाक्षेत्रचन क्षेत्र नम्बर ९- कलंकी चोक ,निर्वाचन क्षेत्र नम्बर १०- कीर्तिपुर बजार ।

    कांग्रेसले काठमाडौंमा रहने सबैलाई आफूलाई पायक पर्ने ठाउँमा उपस्थित भएर सरकारको विरोध प्रदर्शनमा सहभागी भइदिन अपिलसमेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्