News Portal

  • नेकपा धादिङको छैठौं पुर्ण बैठक सम्पन्न

    जनगर्जन संवाददाता
    ४३६ पटक

    धादिङ । नेपाल कम्युनिस्ट पार्टी धादिङको छैठौं पुर्ण बैठक सम्पन्न भएको छ ।
    साउन ३१ गते मंगलवार जिल्ला सदरमुकाम धादिङवेशीमा बसेको बैठकको अध्यक्षता पार्टी सेक्रेटरी सृजनले गर्नु भएको थियो भने सञ्चालन स्वयंले गरेका थिए।

    बैठकले महाधिवेशन विशेष अभियानलाई जोड दिएको छ भने पार्टीका नेतृत्व सहित शिर्ष नेताहरु माथी ललितपुर जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी तीन बुँदे सहमति विपरीत भएको र सरकारका यस्ता रवैयाले देश द्वन्द्व तिर धकेल्न खोजेको आरोप सेक्रेटरी सृजनले लगाए। ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि ४ दलीय मोर्चाले चरणवद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ। संघर्षका कार्यक्रमलाई दृढतापुर्वक कार्यान्वयन गर्ने निर्णय समेत जिल्ला बैठकले गरेको हो।

    प्रतिकृया दिनुहोस्