News Portal

  • राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

    जनगर्जन संवाददातामिति : २९ साउन, २०७९
    ८७ पटक
    मिति : २९ साउन, २०७९

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । सो विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता गरेको राष्ट्रपति कार्यालयले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको हो ।

    सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको विद्येयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को (३) अनुसार पुनः प्रतिनिधिसभामै फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त विद्येयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर सभामुख सापकोटाले प्रमाणीकरण गरी राष्ट्रपतिसमक्ष पठाएको थियो ।

    विज्ञप्ति सहित…..

    प्रतिकृया दिनुहोस्