News Portal

  • नेपाल कम्युनिस्ट पार्टी भक्तपुरको बैठक सम्पन्न

    जनगर्जन संवाददाता
    २४५ पटक

    भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी भक्तपुरको बिस्तारित जिल्ला समितिको बैठक सम्पन्न भएको छ । नेकपाका केन्द्रिय सदस्य तथा भक्तपुरका पुर्व जिल्ला इञ्चार्ज क. आजादको प्रमुख आतिथि र भक्तपुर जिल्ला इञ्चार्ज क.आस्था , अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ केन्द्रीय महासचिव क.कुशल वोगटीको आतिथ्यतामा वसेको वैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै समापन भएको छ ।

    बैठकले राष्ट्रघाट, दलाल भ्रष्ट्राचार, महङ्गी, एमसीसी, एसपीपी, हाम्रो पार्टीका महासचिव लगाएतका नेताहरुलाई राज्यले जारीगरेको पक्राउपुर्जि जस्ता गलत निर्णयको विरुद्ध भण्डाफोर तथा भाद्र ७ गते नेपाल बन्ध गर्ने केन्द्रीय कार्यक्रम प्रभाबकारी बनाउने  । वडा, नगर, गाउँपालीका भेला, जवस मोर्चाको जिल्ला भेला वा सम्मेलन सम्पन्न गर्ने । नवौ महाधिवेशनको प्रचार प्रसार, संगठन विस्तार तथा पार्टीको निर्णयहरुको कार्यन्वयन गर्ने निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय समितिले घोषित संघर्षको कार्यक्रम,सामना जनसाँस्कृतिक परिपारको साँस्कृतिक कार्यक्रम भक्तपुर मा असोज एक , दुई गते गर्ने , राजनीतिक कुटनीतिक केन्द्रिय योजना अनुसार कार्यन्वयन गर्ने कार्यक्रमहरसलाई ब्यावस्थित प्रभावकारी बनाउने निर्णय लिएको छ । वैठकको अध्यक्षता तथा सञ्चालन जिल्ला सेक्रेटरी बिजयले गर्नु भएको थियो ।

     

    प्रतिकृया दिनुहोस्