News Portal

  • द्वन्द्व र अशान्ति पैदा गर्ने साम्राज्यवादी गतिविधि बन्द गर : अन्तर्राष्ट्रिय विभाग

    जनगर्जन संवाददाता
    ४८६ पटक

    काठमाण्डौं । विप्लव नेतृत्वको नेकपाले अमेरिकालाई विभिन्न बहानामा द्वन्द्व र अशान्ति पैदा गर्ने साम्राज्यवादी गतिविधि रोक्न आग्रह गरेको छ ।

    नेकपाको अन्तराष्ट्रिय विभागका सचिव आमुलले विज्ञप्ति जारी गर्दै भने, “अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानमा गरेको भ्रमणले चीन र ताइवानबीच थप द्वन्द्व मात्रै चर्काएको छैन, एक स्वाधीन राष्ट्रमाथि अमेरिकी साम्राज्यवादले नांगो चरित्र देखाएको छन् ।”

    “विश्वका सबै देशहरुले ताइवानलाई चीनको भूभाग मानिरहेको सन्दर्भमा ‘एक चीन नीति’ विपरित भएको यस्तो गतिविधिप्रति नेपाल कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभाग खेद प्रकट गर्दछ । साथै अमेरिकालाई विभिन्न बहानामा द्धन्द्ध र अशान्ति पैदा गर्ने साम्राज्यवादी गतिविधि रोक्न आग्रह गर्दछ ।” सचिव आमुलद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपाका अन्तर्राष्ट्रिय विभागको प्रेस विज्ञप्ति

    प्रतिकृया दिनुहोस्