News Portal

  • राज्यले तीन बुंदे सहमतिलाई उलंघन गरे हामी पनि पक्राउ पुर्जी जारी गर्न बाध्य हुने : सुमनसिंह

    जनगर्जन संवाददाता
    २५७ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टिका महासचिब बिप्लव, प्रवक्ता प्रकाण्ड लगायत नेता कार्यकर्ता बिरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको बिरोधमा ईलाम सदरमुकाममा मशाल जुलुस सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी ईलामको आयोजनामा निकालिएको मशाल जुलुसमा बोल्दै पार्टिका केन्द्रीय सदस्य तथा ईलाम ईन्चार्ज सुमनसिंहले तीन बुंदेको मर्ममा राज्य ईमानदार नहुने हो भने जनताको तर्फबाट पनि पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएका छन । उनले पक्राउ पुर्जी खारेज नगरे जनताले पनि दलाल हरु बिरुद्ध पक्राउपुर्जी जारी गर्ने, पक्राउ गरे दलालहरुलाई पनि पक्राउ गरि जनताको जेलमा थुन्ने, गोलि दागे त्यसको प्रतिबाद पनि त्यसरी नै गर्ने बताए ।

    उनले महासचिब बिरुद्धको पक्राउ पुर्जी अमेरिक निर्देशनमा यंहाका कठपुतली दलालहरुले जारी गरेको बताए । कोणसभामा बोल्दै सिंहले युक्रेन युद्धमा रसिया लाई तानेर ताईवानमा युद्ध सुरु गर्न खोजेको र सोही अनुसार एमसिसीको आर्थिक प्रलोभन र दबाबमा पारेर नेपालमा चिन बिरुद्ध नेपालमा युद्धलाई स्थापित गर्न खोजेको आरोप लगाए । उनले एमसिसी बिरुद्ध कडा रुपमा नेपाल का क्रान्तिकारिहरु उभिएको हुनाले यहि शक्ति बिरुद्ध षड्यन्त्र गर्दै युद्ध निम्त्याउन र चिनलाई युद्धमा तान्न खोजेको बताए

    सुमनसिंहले सबै देशभक्त, क्रान्तिकारी र सच्चा लोकतन्त्रबादिहरुलाई रास्ट्रघात र जनघातका बिरुद्ध उभिन आव्हान गरे । पानी झरिमा रुझ्दै प्रदर्शनमा उत्रीएका नेकपा कार्यकर्तालाई घेर्न कार्यक्रम स्थलमा प्रहरिको ठुलो संख्या आएको थियो ।

    प्रतिकृया दिनुहोस्