News Portal

  • राज्यले कयौं पटक युद्धको नगरा बजाइरहेछ

    जनगर्जन संवाददाता
    २७१ पटक

    राज्यले कयौं पटक युद्धको नगरा बजाइरहेछ। दमनको अनेकौं हत्कण्डा अपनाइरहेछ। यो नश्लिय दलाल पुजीवादी राज्य निरंकुश, भ्रष्ट, असहिष्णु, राष्ट्रघाती र विभेदकारी छ।

    यसले जातीय विभेदमा प्रताडित दलितहरु, लैङ्गकि उत्पीडनमा पिल्सिएका महिलाहरु, प्रकृति प्रेमी आदिवासीहरु, सम्मान हराएका मधेसीहरु, पहिचान हराएका सीमान्तकृतहरुको र सदियौ देखि वर्गीय शोषणमा थला परेका निर्दोष र न्यायपुर्ण आवाजलाई कहिल्यै सुनेर र चिन्दैचिनेन।

    जब कहिले नसुनिएकाहरु, नचिनिएकाहरु, नदेखिएकाहरु र राज्यको कोपभाजनमा परेका उत्पीडितहरुले समवेत र ठूलो आवाजमा सडकमा गर्जन थाल्छ्न। त्यो बिद्रोही आवाज सर्वत्र ठोकिन्छ। शासकहरु नरसंहारका नयाँ नयाँ प्रपन्चहरु रच्दै भुइँ मान्छे हरुको बर्खिलापमा उतर्न थाल्छ्न। न्यायप्रेमीहरुलाइ दमन गर्छन र क्रान्तिको वेगलाई रोक्ने धृष्टता गर्छ्न।

    विप्लवी आवाजहरुलाई दबाउनु, युगको मागलाई मथर पार्नु, जनतालाई रैती र दास वनाउनु दलालहरुको कर्मकाण्ड भैसक्यो। न्यायप्रेमी जनताको प्रश्न छ। के दलाल राज्यको दमनचक्र न्यायोचित छ ? के क्रान्तिकारीहरुलाइ गैर न्यायीक गिरफ्तारी र सुनियोजित पागल पुर्जी थमाउनु कानुन सङ्गत छ ? के जनयुद्धका हत्याराहरुलाइ सलामी ठोक्ने कथित गणतन्त्र जनताको हो ? के यो दलाल पुजीवाद राज्य व्यवस्था सहिष्णु छ ?

    क्रान्तिकारी विद्रोहीहरु भन्छ्न: दलाल पुजीवादी राज्य व्यवस्था अत्याचारी छ। लुटको महलमा विराजमान छ। जनतालाइ कंगाल बनाउनु, देशको प्राकृति स्रोत साधन, सम्पदा र ढुकुटी विदेशी मालिक सामु सुम्पनु र राष्ट्रियता लिलाम गर्नु यसको वैशिष्ट हो। यो परनिर्भर र परजीवी छ।

    दलाल पुजिवादको दमन , शोषण , विभेद , अन्याय र प्रतिबन्ध हामीले किन सहने? मुर्दा शान्ति हामीले कति दिन कुर्ने ? न्यायको लागी जनता कति भौतारिने ? दलितहरुले अझै कति समय पर्खनु पर्ने हो ? छुत र अछुतको विभेद बाट वचन? महिलाहरुले समान जिन्दगी ज्युन ? श्रमिक र उत्पीडितहरुले शोषण बाट मुक्त हुन? भु दासहरुले दासताका मन्जीलहरु भत्काउन? सिङ्गो शोषित वर्गले साझा, समान र सभ्य मानव समाज बनाउन?

    निश्चय नै यी सबै प्रश्नहरुको जवाफ खोज्नु र समाधानको बाटो तयार गर्नु किक्कै जटिल र किलिष्ट छ। इतिहासको यो कालखण्डमा यसको जवाफ र समाधान त्यसले नै दिन सक्छ। जो त्याग, तपस्या र बलिदानको लागी हमेशा तयार छ। जसले दुनियाँ बुझ्ने मात्र होइन बदल्न यातनाका दस्तावेजहरुमा हस्ताक्षर गर्छ। त्यस्तो मानिस को हुन सक्ला? यसको खोजीमा फेरि दलाल शासकहरु धरपकडको उर्दी जारी गर्दै पागल पुर्जी थमाउन खोजिरहेछ्न। क्रान्तिकारी नेताहरुको घर घरमा किर्ते र काला सूचना टासिरहेछ्न।

    दलाल राज्य व्यवस्थाको यस्तो निन्दनीय अत्याचार विरुद्ध हामीले नबोले कसले बोल्ने ? हामीले नलडे कसले लडने र विद्रोही क्रान्तिकारीहरु नछटपटिए को छट्पटीने। हो म्याक्सिम गोर्कीले आमा उपन्यासको उपसंहारमा लेखेका छ्न।
    मेरो विचारमा दास त्यो मानिस हो, जसले आफ्नो दयनीय जीवनलाइ बदल्नको लागी छट्पटीदैन। आवाजहरु उठाउदैन।

    प्रतिकृया दिनुहोस्