News Portal

  • चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्रीको टोली आज काठमाडौं आउदैँ

    जनगर्जन संवाददाता
    ५०१ पटक

    पुस ११, काठमाडौं । प्रतिनिधिसभा विघटनपछि गहिरिदैँ गएको राजनीतिक संकटकाबीच आइतवार उत्तरी चीनका अधिकारीहरूले नेपाल भ्रमणमा आउदैछन् ।

    चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोली आइतवार मध्यान्ह काठमाडौं आइपुग्ने छ । भ्रमण टोली बेइजिङबाट प्रस्थान गरिसकेको र छङ्तुको बाटो हुँदै आइतबार काठमाडौं आईपुग्ने बताईएको छ ।

    संसद विघटनपछि नेपाल कम्युनिष्ट पार्टीमा विभाजन समेत आएपछि कृहिदिनअघिदेखि चिनियाँ राजदुत होउ यान्छिले जनीतिक भेटवार्ता गरिरहेकी छिन् । तर सोहि बिषयमा जानकारी लिदैँ त्यसबाट उत्पन्न परिस्थितिबारे बुझ्न सो टोली नेपाल आउने अनुमान गरिएको भएपनि भ्रमणको उद्देश्यबारे चिनियाँ अधिकारीले प्रष्ट पारेका छैनन् ।

    प्रतिकृया दिनुहोस्