News Portal

  • तामाङ मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न

    जनगर्जन संवाददाता
    ९३१ पटक

    काठमाडौं : तामाङ मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ ।

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगरको प्रमुख आतिथ्यतामा भएको भेलाले दुर्ग सिं तामाङ (प्रेरक) को नेतृत्वमा २५ सदस्यीय तामाङ मुक्ति मोर्चा केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

    जसको उपाध्यक्ष बि.एस. लामा, महासचिव सलाम सिं लामा, सचिव गुण सिं रुम्बा र कोषाध्यक्ष सुन्दर लामा लगायत २५ सदस्यीय रहेका छन् । भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथि मगरले राष्ट्रिय मुक्ति आन्दोलनमा तामाङ समुदायले निर्णायक भुमिका खेल्नुपर्ने बताउनु भयो । उनले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि एकीकृत जनक्रान्तिमा पनि तामाङ समुदायको भूमिका महत्त्वपूर्ण हुने बताए ।

    भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इञ्चार्ज माइला लामाले तामाङ समुदायले नेपालको क्रान्तिकारी आन्दाेलनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सो समुदायको इतिहास र आगामी दायित्वका बारेमा प्रशिक्षण सहित बधाई मन्तव्य राखेका थिए। यसैगरी बि. एस. लामाले स्वागत मन्तव्य राखेका थिए । एकीकृत जनक्रान्तिका घाइते योद्धा बुद्ध लामा, मगर मुक्ति मोर्चाका केन्द्रीय महासचिव इन्द्रबहादुर मगर र नेवा: मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जनले शुभकामना मन्तव्य राखेका थिए ।

    दुर्ग सिं तामाङको अध्यक्षतामा भएको उक्त भेलाको सञ्चालन तामाङले नै गरेका थिए ।

    प्रतिकृया दिनुहोस्