News Portal

  • नेकपाको आधिकारिक मुखपत्र जनपत्रीका

    जनगर्जन संवाददाता
    ४९५ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको आधिकारिक मुखपत्र जनपत्रीका डटकम अनलाईन आजबाट सञ्चालनमा आएको छ । सोमबार काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा उद्घाटन कार्यक्रमको आयोजना गरी नेकपा महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले उक्त अनलाइनको उद्घाटन गरेर सञ्चालनमा आएको सार्वजनिक गरेका हुन् ।

    कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले भने, “ मानव सभ्यता संग जोडिएका हरेक गतिविधिको सूचना सम्प्रेषण गर्न सञ्चार प्रविधिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ, इतिहासमा सञ्चार जनताको हितमा काम गर्ने साधन थियो र अहिले पनि त्यो हुनुपर्छ। अहिले आएर २१औं शताब्दीमा पुँजीले सञ्चारलाई कब्जा गरेको छ, कतिपय अवस्थामा पूँजीको सेवा र शक्तिको परिचालन गर्न जनतामाथि दमन र हैकम जमाउन सञ्चारको गलत प्रयोग भइरहेको छ । हाम्रो पार्टीको यो जनपत्रिका अनलाइनले कुनै पनि मूल्यमा जनताको हितको रक्षाका लागि तयार हुनुपर्छ र जुनसुकै स्थितिमा पनि अग्रस्थानमा रहेर आफ्नो भूमिका पूरा गर्नु पर्नेछ ।”

    राज्य आतङ्कको विरुद्ध प्रतिवाद गर्ने, जनताको दु:ख-कष्टबाट फाइदा लिदै लुट मच्चाउने दलाल, वैदेशिक हस्तक्षेप लगायत विकृतिको विरुद्धमा निर्मम ढंगबाट जनपत्रिका डटकमले प्रतिवाद गर्ने महासचिव विप्लवको भनाई थियो ।

     

    प्रतिकृया दिनुहोस्