News Portal

  • विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) काभ्रेले बुझायो ध्यानाकर्षण पत्र

    जनगर्जन संवाददाता
    ५८९ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) काभ्रे जिल्ला समितिले ध्यानाकर्षण पत्र बुझाएको छ ।

    अखिल (क्रान्तिकारी) काभ्रेका इञ्चार्ज दयाराम लुवार र संयोजक प्रशान्त तामाङद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र जिल्लाका शिक्षा, युवा तथा खेलकुद प्रमुखलाई बुझाएको हो ।
    सरकारी विद्यालय/सामुदायिक विद्यालयका कक्षा ६ देखि कक्षा १० सम्मका पाठ्यपुस्तक छपाईको जिम्मा पाएका जनक शिक्षा सामाग्री केन्द्रले शैक्षिकसत्र सुरु भएको महिनौं बितिसक्दा पनि पाठ्यपुस्तक पुर्याउनुको सट्टा कमिसनको खेलमा लागेर कृतिम अभाव गराएर विद्यार्थीहरुको भविष्य माथी खेलवाड गरेको भन्दै शैक्षिक माफिया र शैक्षिक दलालहरु माथी निर्मम संघर्ष गर्न बाध्य हुने भन्दै ध्यानाकर्षण गराएको हो।
    विज्ञप्तिको पूर्ण पाठ…

    हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तीकारी) आफ्नो स्थापनाकाल देखि राष्ट्रघात, जनघात, महङ्गी, मुल्यवृद्धि, भ्रष्टचार, सामाजिक विभेदका विरुद्ध शिक्षामा भएको व्यापारीकरण, दलालीकरण र माफियाकरणका विरद्ध नेपाली विद्यार्थी तथा सर्वहारा श्रमजिवि जनताको पक्षमा निरन्तर संर्घष, भण्डाफोर गर्दै त्याग सर्मपण बलिदान र वीरताको गौरवपूर्ण इतिहास राख्न सफल नेपाली क्रान्तीकारी विद्यार्थीहरुको अनदस्ता हो। हाम्रो संगठनले नेपालका नब्बे लाख विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै दलाल पूँजिवादी संसदिय व्यवस्थामा सिमित स्वार्थमा विक्न लागेको विद्यार्थी आन्दोलनलाई नयाँ आशा, नयाँ विचार, नयाँ उमंग तथा नयाँ साहसका साथ पूनर्गठित गर्दै अखिल क्रान्तिकारीको रक्त रजित झन्डालाई फेरिपनि लाखौं विद्यार्थीहरुको आशा र भरोसाको केन्द्र बन्दै ऐतिहासिक गरिमा कमाउन सफल भएको छ। दलाल पूजिबादी संसदिब शिक्षाका विरुद्ध प्रत्यक्ष श्रम संग जोडिएको आर्थिक सामाजिक साँस्कृतिक रुपान्तरण गर्दै व्यापक रोजगारी सृजना गर्ने वैज्ञानिक र बस्तुवादी शिक्षा वैज्ञानिक समाजवादी शिक्षा प्राप्तीका लागि संघर्षरत छ।
    नेपालको सरकारी / सामुदायिक विद्यालयका कक्षा ६ देखि १० सम्मका पाठ्य पुस्तक छपाई तथा वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लि.ले कमिसनको खेलमा परि आफ्नै सामान सस्तोमा रिभाईन गर्न टेन्डर दिने र फेरी उक्त सामान महङ्गो मुल्यमा खरिद गर्ने, कागज खरिद देखि प्रयोग सम्म अनौठो कमिशन धन्दाका कारण पाठ्य पुस्तकको छपाई तथा वितरण समयमै गर्न नसक्दा देशैभरिका सरकारी/सामुदायिक विद्यालयहरुमा पाठ्य पुस्तक अभाव भएको छ। यसले पहिला त पाठ्य पुस्तकको अभावले शिक्षाको गुणस्तर खस्किन्छ, दोश्रो विद्यार्थीहरुको मनोविज्ञानमा नकरात्मक असर पार्छ , तेश्रो शैक्षिक क्यालेन्डरमा असर पार्छ, चौथौ जनक शिक्षा सामाग्री केन्द्र कमिसन खाने दलाल र भ्रष्टहरुको केन्द्र बल्लेछ, पाँचौ देशको राजनितिक सामाजिक र आर्थिक सम्बन्धमा असर पुयाउने छ। जसको प्रत्यक्ष अनुगमन, रेखदेख र संस्थाको स्तर वृद्धिका लागि स्वयम सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने परिस्थितीमा आफै संरक्षक जस्तो भूमिकामा रहेर ठुलो राष्ट्रघात, जनघात, महङ्गी, भ्रष्टचार र कमिसनको गोल चक्करमा फसिदै गईरहेको छ। राष्ट्र र जनताको पक्षमा केहि गर्छ भन्ने इच्छा शक्ति भएका राष्ट्र सेवक कर्मचारीलाई समेत कमिसन चक्करमा पारी फसाई रहेको छ। देशमा हत्या, हिंसा, बलत्कार, लैगिक विभेद र सामाजिक विभेदले बगरति सिमा नाघि रहेको प्रस्ट छ। देशको अर्थतन्त्र टाँट पल्टिने अवस्थामा पुगेको छ। जसको कारण देशमा चलिरहेको दलाल पुँजिवादी संसदिय व्यवस्था जसले निमार्ण गरेको सविधान र अहिलेको राष्ट्रघाती नेतृत्वका कारण समग्र राष्ट्र र जनताले ठूलो मूल्य चुकाउनु परिरहेको छ।
    यी सबै खराबीका विरुद्ध खवरदारी भण्डाफोर गर्दै सफल र विकसित राष्ट्र निमार्णमा यहाँहरुको भूमिकालाई हामीले अहम ठानेका छौं। यी सबै प्रकारका राष्ट्रघात, जनघात, कमिशनका विरुद्ध आफ्नो क्षेत्रबाट खरो उत्रिन पनि अपिल गर्न चाहन्छौं। यो राष्ट्र निर्माणको महानयात्रामा जुट्न अनुरोध गर्दै ध्यानाकर्षण गर्दछौं अन्यथा हाम्रो मुद्दालाई कमजोर ठान्ले दुष्हास गरे सम्रग नेपाली जनता र विद्यार्थीहरुलाई साथमा लिएर जस्तोसुकै संर्घष गर्न तयार रहेको जानकारी पनि गराउदछौ।
    क्रान्तीकारी अधिवादन सहित !

    दयाराम लुवार                                    प्रशान्त तामाङ
    ईन्चार्ज                                        संयोजक

    प्रतिकृया दिनुहोस्