News Portal

  • स्रोत नखुलेको ८३ लाख सहित दुई जना पक्राउ

    जनगर्जन संवाददाता
    ३०६ पटक

    काठमाडौं । भारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ सशस्त्र प्रहरीले मंगलबार बरामद गरेको छ ।

    धनुषाको जनकनन्दनी गाउँपालिका-१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताए । ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका- ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको कटुवालले बताए ।

    बरामद रकम सहित पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

    प्रतिकृया दिनुहोस्