News Portal

  • सोमबार देखि ललितपुर महानगर भित्र पानीपुरी बोच्न नपाइने – जनगर्जन

    जनगर्जन संवाददाता
    २५५ पटक

    भक्तपुर । ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपट विक्री वितरण गर्न रोक लगाउने भएको छ । पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरले ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् ।

    पानीपुरी नबेच्न आग्रह गर्दै महानगरको हाताभित्र नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेको छ। पानीपुरीमा प्रयोग गरिने पानी दूषित र हैजाका जीवाणु मिसिएको हुन सक्ने भएकोले बिक्री वितरणमा रोक लगाउनुपरेको महानगरका नगर प्रहरी प्रमुख सितारा हाछेथुले बताए ।

    उनले भने “अर्को निर्णय नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न पाइने छैन् ।” ‘आज दिनभरी हामी ठेलामा पानीपुरी बेच्नेहरुलाई सम्झाएर हटाउँछौं । भोलिबाट महानगरमा पानीपुरीको ठेला देखिँदैन ।’
    रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने उनले बताए।

    प्रतिकृया दिनुहोस्