News Portal

  • जनकलाकारहरु एउटै मञ्चमा, जनसंगीतकर्मीहरुको बेजोड प्रस्तुति

    जनगर्जन संवाददाता
    ३८५ पटक

     

    काठमाडौं । देश र जनताको मुक्तिका लागि लामो समयदेखि जनवादी गितसंगीतको फाँटबाट योगदान गर्दै आउनुभएका जनकलाकारहरु अब एउटै साझा चौतारीमा संगठित हुने स्पष्ट आधार बनेको छ । जनगायक जीवन शर्मा, मणि थापा, माधव प्रधान, उदय श्रेष्ठ र माइला लामा लगायतका वरिष्ठ जनसंगीतकर्मीहरुले विश्व संगीत दिवसको अवसर पारेर २०७९ असार ७ गते काठमाडौंमा एउटै मञ्चबाट संयुक्त प्रस्तुति दिएका छन् ।

    उनीहरुले जनसंगीतको बेजोड, संयुक्त प्रस्तुति मात्र दिएनन्, एउटै मञ्चबाट आफूहरु जनसंगीतकर्मीहरुको छाता संगठन निर्माणमा जुटेको र अब त्यो छिट्टै घोषणा गरिने समेत उद्घोष गरे । कार्यक्रममा न कसैले अध्यक्षता नै गरेको थियो , न त त्यहाँ कुनै उद्घोषक नै थिए । जनगायक जीवन शर्माले कार्यक्रमको चिनारी दिंदै छोटो भनाई राखेर कार्यक्रमको सुरुवात भएको थियो ।

    झण्डै डेढ दर्जन जनकलाकार मञ्चमा सँगै उभिएर एउटै स्वरमा अन्तर्राष्ट्रिय गीत गाए सँगै कार्यक्रम अगाडि बढ्यो । एउटा जनकलाकार मञ्चमा आएर प्रस्तुति दिन्थे । आफ्नो प्रस्तुति सकेपछि उनैले अर्को कलाकारलाई मञ्चमा बोलाउँदै आफू विदा हुन्थे । साँच्चै, नयाँ शैलीको कार्यक्रम प्रस्तुत गरेका थिए । असार ७ गते जनसंगीतकर्मीहरुले इन्छुक प्रतिष्ठान, मैदीदेवी काठमाडौंमा कलाकारका ती गीतहरुमा देशको माटो जोगाउन आह्वान गरिएको थिय बाटो बिराउँदै गैरहेको देशको वाम राजनैतिक नेतृत्वलाई सशक्त खबरदारी गरिएको थियो ।

    क्रान्तिको अभिभारा अझै पूरा नभएको यथार्थता बोलेका थिए गीतहरुले । कार्यक्रममा जनकलाकारहरुले जनताका आँसु, रगत र पसिनाबाट कोरिएका जनमुक्तिका गीतहरु प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा जनसंगीतकर्मीहरुको उक्त संयुक्त सांगीतिक प्रस्तुतिले देशको कम्युनिस्ट आन्दोलनमा क्रियाशील योद्धाहरुमा नयाँ उत्साह र उर्जा प्रदान गरेको छ । यसप्रकारका कार्यक्रमहरुलाई आगामी दिनमा पनि उनीहरुले निरन्तरता दिने बताएका छन् । उनीहरुको उक्त भनाईबाट प्रगतिशील सांस्कृतिक आन्दोलनमा नयाँ आशा संचार भएको अनुभूति गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्