News Portal

  • नेकपाका दुवै समूहको केन्द्रीय समिति बैठक बस्दै

    जनगर्जन संवाददाता
    १५९ पटक

    ९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षका केन्द्रीय समिति बैठक आज बस्दैछ ।प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको बैठक बालुवाटारमा बिहान ११ बजेपछि बस्न लागेको हो ।

    एकता प्रक्रिया नसकिँदै विभाजित भएको (नेकपा)को यसअघि गत मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक आयोजना गरेका थिए । ओली समूहले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो । साथै पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठ (प्रकाश)लाई हटाएर सोको जिम्मेवारी परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलाई दिइएको थियो ।

    प्रचण्ड–माधव समूहले भने अध्यक्ष पदबाट केपी शर्मालाई ओलीलाई हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

     

    प्रतिकृया दिनुहोस्