News Portal

  • निहारिकाले तोडिन् आमरण अनसन , सरकारसँग पाँच बुँदे सहमति

    जनगर्जन संवाददाता
    ३७० पटक

    काठमाडौ,३ असार
    आफूमाथि बेहोवस हुने ओषधि खुवायर बलात्कार भएको र बच्चा जन्मिएको तर न्याय नपाएको भन्दै २७ जेठदेखि आमरण अनसन बसेकी निहारिका सिंह राजपुत र सरकारबीच ५ बुँदे सहमति भएको छ । सहमति सँगै उनले अनसन तोडेकी छिन् ।

    सहमतिमा भएअनुसार उनले गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस पिएर अनसन तोडेकी हुन् ।आफ्नो बच्चाको डिएनए परीक्षणलगायतका माग राखेर उनले अनसन सुरु गरेकी थिइन् । बिहीबार प्रतिवादी शिवराम श्रेष्ठ र अनशनकर्ता निहारिकाका छोराको डीएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिकाको छोराको सुरक्षा, आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत् पहल गर्ने,निर्णय पनि भएको छ ।

    अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत् पहल गर्ने, राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने सहमति भएको हो ।
    सहमतिपत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनशनकर्ता निहारिका राजपुत, अधिकारकर्मी सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्