News Portal

  • नायिका मिरुना मगर र फुर्बा तामाङबीच समझदारी

    जनगर्जन संवाददाता
    ९७ पटक

    काठमाडौं । नायिका मिरुना मगर र फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

    चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।

    मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्ष, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन् ।

    दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनमा यस विषयमा विवाद नगर्ने सहमति भएको छ । दुवै पक्षको विचमा साचि राखेर सहमति गरेको छन् ।

     

    प्रतिकृया दिनुहोस्