News Portal

  • आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने

    जनगर्जन संवाददाता
    ५३८ पटक

    १५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् ।

    २०७९/८० को बजेट आगामी निर्वाचन लक्षित हुने छ । यसै वर्ष हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी मतदातालाई खुसी  पार्ने प्रयासबाट बजेट आउने स्रोतले बतायो ।

    सरकारले कर्मचारीको तलब सामान्य बढाउने र वृद्धभत्ता पाउने उमेर पनि घटाउने गरी बजेट तयार पारेको स्रोतको दाबी छ ।

    प्रतिकृया दिनुहोस्