News Portal

  • नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको १३ औं पुर्ण बैठक सुरु

    जनगर्जन संवाददाता
    ५२२ पटक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको १३ औं पुर्ण बैठक रौतापोखरी उदयपुरमा सुरु भएको छ । अन्तर्राष्ट्रिय गायनवाट सुरु भएको उक्त बैठकमा महान सहिदहरुप्रति श्रन्द्धान्जली , बेपताहरुको स्मरण र घाइतेहरुप्रति सम्मान गरिएको थियो ।

    अपरान्ह २ बजेबाट सुरु भएको उक्त १३ औ बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिबेदनका साथै पार्टीको नवौँ महाधिवेशन सम्बन्धमा प्रतिवेदन पेश गरेको बताइएको छ ।

    उक्त बैठकमा फुटवादी घटनामा संलग्न भएका ११ जना केद्रीय सदस्यबाहेक अरु उपस्थित भएको बताइएको छ । उक्त केन्द्रिय समितिको बैठक ऎतिहासिक र उल्लासमय वातावरणमा भै रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्