News Portal

  • सूर्यविनायक नगरप्रमुख थापाको पहिलो निर्यण नगरबासी जनतालाई नगर अस्पतालमा १५ प्रतिशत छुटदिनें

    जनगर्जन संवाददाता
    ५३५ पटक

    भक्तपुर : सूर्यविनायक नगरपालिकाले नगरबासीहरुका लागि स्वास्थ्य सेवामा १५ प्रतिशत छुट दिने भएको छ । सोमबार पद तथा गोपनियताको सपथ ग्रहण पछि पदबहाली गर्दै नवनिर्वार्चित नगरप्रमुख बासुदेव थापाले नगर अस्पतालमा नगरबासीले सेवा लिदा लाग्ने सेवा शुल्कमा १५ प्रतिशत छुट दिने पहिलो निर्णय गर्नु भएको हो ।

    पदबहाली पश्चात संचारकर्मीहरुसंग कुरा गर्दै नगरप्रमुख थापाले स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिबद्धता गर्नु भयको हो । अघिल्लो कार्यकालमा विकास निर्माणको क्षेत्रमा निर्वाचनताका घोषणा पत्रमा भनिएभन्दा बढी काम गरेको उल्लेख गर्दै अपूरा कामहरुलाई पूरा गर्ने स्पष्ट पार्नु भयो ।

    सुशासनमा जोड दिदै नगर प्रमुख थापाले सबैसंग सहकार्य गरेर सुन्दर, हराभरा नगर बनाउने वहाँको धारणारहेको थियो । नगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य सहित नवनिर्वाचित ५२ जना जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिनु भएको थियो ।

    नगरपालिकामा एमालेको तर्फबाट मेयरमा बासुदेव थापा, उपमेयरमा सरिता भट्टराई सहित पाँच वडाध्यक्ष गरी ३३ जना जनप्रतिनिधिहरु निर्वाचित हुनुभएको थियो भने कांग्रेसबाट पाँच जना वडाध्यक्ष सहित १९ जना जनप्रतिनिधिहरु निर्वाचित हुनुभएको थियो ।

    प्रतिकृया दिनुहोस्