News Portal

  • मनोज पाण्डेबाट यौन शोषणमा परेकी युवती बयानका लागि अदालतमा

    जनगर्जन संवाददाता
    २८० पटक

    काठमाडौं । सुन्दरी प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेबाट यौनहिंसामा परेकी युवती अदालत हाजिर भएकी छन्। काठमाडौं जिल्ला अदालतमा अहिले उनको बयान भइरहेको छ ।

    मानव बेचबिखन मुद्दामा पीडितको बयान प्रमाणित गराएर मात्र अभियुक्तविरुद्ध थुनाको म्याद दिइने भएकाले उनी अदालत पुगेकी हुन् । प्रहरीले पाण्डेविरुद्ध यौन दुर्व्यवहार र मानव बेचबिखन गरी दुईवटा मुद्दा अनुसन्धान गर्ने तयारी गरेको छ ।

    आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा दोस्रो भएकी ती युवतीले आफूमाथि पाण्डेले पटक(पटक बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्