News Portal

  • ललितपुरमा चिरिबाबु महर्जन ९ हजार भन्दाबढी मतले अग्रस्थानमा

    जनगर्जन संवाददाता
    ४८२ पटक

    ६ जेष्ठ, काठमाडौं   बैशाख ३० मा भएको स्थानिय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा ४१ हजार ३८८ मत गन्दा महानगर प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम गरेका छन् ।

    सत्ता गठबन्धनका उम्मेदवार महर्जनले २१ हजार ३११ मत ल्याउँदा उनका निकाटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले १२ हजार १४९ मत ल्याएका छन्। कांग्रेसका उम्मेदवार महर्जन एमालेका व्यन्जनकार भन्दा ९ हजार १६२ मतले अगाडि छन्।

    यस्तै राप्रपाका अष्टहादुर महर्जनले १ हजार ९७० मत प्राप्त गरेका छन्। उपमेयरमा भने नेकपा एमालेकी मन्जली शाक्री बज्राचार्यले ११ हजार ९६५ ल्याएर अग्रता कायम गरेकी छन्। उनका निकटतम प्रतिष्पर्धी नेकपा माओवादीका बाबुराज बज्राचार्यले ८ हजार ४२६ मत प्राप्त गरी उनलाई पछ्याईरहेका छन् भने राप्रपाकी स्वर्णिमा शाक्यले ३ हजार ३७९ मत प्राप्त गरेकी छन्।

    प्रतिकृया दिनुहोस्