News Portal

  • चाँगुनारायण १ मा कांग्रेसको प्यानल विजयी हासिल

    जनगर्जन संवाददाता
    ३५० पटक

    १ जेष्ठ, काठमाडौं   बैशाख ३० मा सम्पन्न भएको स्थानिय निर्वाचनमा भक्तपुरको चाँगुनारायण नगरपालिका १ नं. वडा मा नेपाली कांग्रेसको पुरै प्यानल नै विजयी भएको छ ।

    शुक्रबार सम्पन्न भएको निर्वाचनको मत परिणामले सो वडामा कांग्रेसका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका सिजन कार्कीको पूरै प्यानल विजयी भएको हो । कार्कीले १ हजार २२५ मत प्राप्त गरी विजयी हुनु भएको हो भने उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ईश्वर थापाले १ हजार २१३ मत पाएका थिए ।

    खुला वडा सदस्यमा कांग्रेसका गोविन्द श्रेष्ठले १ हजार ११९, श्री कृष्ण श्रेष्‍ठले १ हजार ४१ मत ल्याएर विजयी हुनु भएको छ । यस्तै, महिला सदस्यमा कांग्रेसकी मुना गुरुङ्गले १ हजार १७२ र दलित महिला सदस्यमा कांग्रेसकै पुजा बर्देवाले १ हजार १९७ मत ल्याएर विजयी भएका हुन् ।

    प्रतिकृया दिनुहोस्