News Portal

  • मत बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रम बिहीबार पनि सञ्चालन हुने

    जनगर्जन संवाददाता
    ६४० पटक

    २८ बैशाख, काठमाडौं   निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताहरुले हालेको मतदान बदर नहोस् भनेर मतदाता शिक्षा दिन लागेको आयोगले बताएको छ ।

    अधिवक्ता भूमिनन्द चुँडाल धेरै मत बदर हुन नदिन नयाँ मतदाताहरुलाई मत हाल्न सिकाउनुपर्नेमा जोड दिन्छन् ।

    निर्वाचन आयोगले नेपालभर स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण सुरु गरेको हो । बुधबार र बिहीबार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण गरिरहेको छ । नयाँ मतदाता परिचय पत्र बनाएका र स्थानीय निर्वाचनमा यसअघि मत नहालेका मानिसहरु मत हाल्ने तरिका सिक्न आएको देखिन्छन् । त्यस्तै मतदान हाल्ने तरिका सिक्न र मतादाता परिचय पत्र लिन आएका मतदाताहरु भोट हाल्नका लागि उत्साहित देखिन्छन् ।

    प्रतिकृया दिनुहोस्