News Portal

  • नेकपा संसदीय दलको बैठक बस्दै, प्रचण्डलार्ई दलको नेता बनाईदै

    जनगर्जन संवाददाता
    १३३ पटक

    पुष ८ काठमाण्डौं । बहुमत रहेको नेकपा प्रचण्ड माधव समुहको संसदीय दलको बैठक आज बस्दै छ ।

    बैठक दिउसो १ बजे बस्ने  प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकले संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर प्रचण्डलाई चयन गर्ने जनाईएको छ ।

    यस अघि हिजो बसेको केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधव कुमार नेपाललाई चयन गरेको थियो ।
    ४४१ सदस्यीय केन्द्रीय समिति मध्य ३१० जना प्रचण्ड माधव समुहमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्