News Portal

  • निर्वाचनको लागि आज मध्यरातिबाट मौन अवधिः के गर्न पाइन्छ, के पाइन्न ?

    जनगर्जन संवाददाता
    २९३ पटक

    २७ बैशाख, काठमाण्डौं बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । आज राति १२ः०० बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

    ​निर्वाचन आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ । निर्वाचनको मौन अवधिअगावै सामाजिक सञ्जालमा रहेका आचारसंहिताविपरीतका विभिन्न चित्र, पोष्ट उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन निर्वाचन आयोगले आग्रह गरेको छ।

    निर्वाचनका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने सरकारले निर्णय गरेको छ। एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मी, टेलिभिजनका साथै अन्लाईन पत्रकारहरु (पास) उपलब्ध भएकाहरुको आवतजावतका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहनेछन् ।

    निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के– के गर्न पाइँदैन ?

    –मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने
    –मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल गर्न नहुने
    –मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने
    – निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने
    – सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने

    प्रतिकृया दिनुहोस्