News Portal

  • नेकपा एमालेले सुर्यविनायक नगरपालिकामा चुनावी  घरदैलो कार्यक्रमलाई तीब्रता

    जनगर्जन संवाददाता
    ४८५ पटक

    भक्तपुर: नेकपा एमालेले सुर्यविनायक नगरपालिकामा चुनावी  घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ । शनिबार बालकोटबाट शुरु गरिएको घरदैलो कार्यक्रम  बालकोट सिरुटार दधिकोटमा गरिएको हो । दैनीक कार्यतालिका नै बनाएर एमालेले घरदैलो कार्यक्रमलाई तीब्रता दिएको हो ।

    घरदैलो कार्यक्रममा सांसद महेश बस्नेत, बागमती प्रदेशका सांसद शशी जंग थापा, सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार बाशुदेव थापा, उपप्रमुख पदका उम्मेद्वार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार भोला राउत, वडा सदस्य पदका उम्मेदवार राजु लवञ्जर श्रेष्ठ, विदुर खड्का, तारा सापकोटा तथा पम्फा परियार रहनुभएको थियो ।

    घरदैलो कार्यक्रममा सयौं युवा स्थानीयवासीले साथ र सहयोग रहेको छ । घरदैलो अभियानमा  सुर्यवानायक नगरपालिका भित्र  शुरु गरिएको र्यालीमा वडाका अधिकाशं भागहरुमा स्थानीयवासी सयौंको उल्लेख्य सहभागिता रहदै आयको छ निर्वाचन आयोगको समय तालिका सम्म प्रचार गर्न पाउने  अभियानमा जोडदियको छ ।

    प्रतिकृया दिनुहोस्