News Portal

  • नेकपा माओवादीका उम्मेदवार तामाङको यस्तो छ घोषणापत्र

    जनगर्जन संवाददाता
    २८५ पटक

    १४ वैशाख, काठमाडौं  आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा चाँगुनारायण नगरपालिका वडा नं.४ नेकपा माओवादीका उम्मेदवार रामकुमार तामाङ चुनावी अभियान सहित वडामा निर्वाचित भय पछि गर्ने काम सहित उनले वडाबासिहरु सामु यस्तो प्रतिबद्वता ब्यक्त गरेका छन्।

    उनको घोषणापत्रका यस्ता छन् शीर्षकहरु

    १, भौतिक योजना तथा पूर्वाधार निर्माण

    क) चाँगुनारायण नगरपालिका वडा नं. ४ मा पाँचभित्रका सबै सडकखण्डलाई आगामी ५ वर्षभित्र कालोपत्रे गराइनेछ ।

    ख) चाँगुनारयण नगरपालिका वाडा नं. ४ भित्रका सबै मूल सडकखण्डमा ढल निकासको व्यवस्था गरिनेछ ।

    ग) वडाबासीहरुलाई प्रतिपरिवार ५० युनिटसम्म बिजुली नगरको सहुलियतमार्फत निःशुल्क दिइनेछ ।

    घ) वडामा कम्तिमा एक–एकवटा सार्वजनिक पार्क बनाइनेछ ।

    च) वडामा भित्र मन्दिर र गुम्बाहरुलाई आवश्यक्ता अनुसार जिर्णोद्वार र आवश्यक्ता अनुसार नवनिर्माण गरिनेछ ।

    छ) नगरपालिका भित्रका सबै सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुको भवनलाई स्तरोन्नति र आवश्यक्ता अनुसार नवनिर्माण गरिनेछन् ।

    ज) वडा भित्र आवश्यक्ता अनुसार अनाथालय, वृद्धाश्रम र खेलकुदस्थलहरु निर्माण गरिनेछ ।

    २, शिक्षा र सीप विकास

    क) वडा भित्रका सबै सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षाको बन्दोबस्त गरिनेछ ।

    ख) वडा भित्रका सबै सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विशेष संयन्त्रको निर्माण र परिचालन गरिनेछ ।

    ग) हरेक सामुदायिक विद्यालयमा पाठ्यक्रम बाहेक अतिरिक्त र सीपमूलक तालिमको व्यवस्था गरिनेछ ।

    घ) हरेक सामुदायिक विद्यालयमा प्रदेश सरकारसँगको समन्वयमा एक–एकजना विद्यालय नर्सको अनिवार्य व्यवस्था गरिनेछ ।

    ङ) सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकलाई आकर्षित गर्न दिवा खाजा तथा कम्यूटर प्रविधिमार्फत पढाउने व्यवस्था गरिनेछ ।

    च) सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी बनाउन हरेक वर्ष उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थी घोषणा गरि पुरस्कृत गरिनेछ ।

    छ) विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न पुराना शिक्षकहरुलाई स–सम्मान निवृत्ति दिएर युवा र प्रतिस्पर्धी शिक्षकहरुलाई नियुक्त गरिनेछ ।

    ज) वडा भित्रका विपन्न, उत्कृष्ट र जेहेन्दार विद्यार्थीहरुलाई नगरपालिकाको लगानीमा उच्च शिक्षाको व्यवस्था गर्ने बन्दोबस्त मिलाइनेछ ।

    ३, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा

    क) वडामा प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा चिकित्सकको व्यवस्था गरिनेछ भने आवश्यक उपकरण र प्रविधिको बन्दोबस्त गरिनेछ ।

    ख) वडामा सबै नागरिकलाई नगरपालिकामा उपलब्ध सबै स्वास्थ्य सेवा निःशुल्क रुपमा व्यवस्था गरिनेछ ।

    ग) मातृशिशु सुरक्षालाई उच्च प्राथमिकतामा राखि वडा भित्रका गर्भवती महिला, सुत्केरी र शिशुहरुलाई पोषण भत्ता र सुरक्षा प्याकेजको व्यवस्था गरिनेछ ।

    घ) वडा भित्रका सबै स्वास्थ्य स्वयंमसेविकाहरुलाई विशेष भत्ताको व्यवस्था गरि ज्येष्ठ नागरिक घर क्लिनिकको व्यवस्था गरि घरघरमा गएर स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ ।

    ङ) हरेक वर्षको कम्तिमा दुईपटक सबै नगरबासीको मिर्गौला, मुटु, क्यान्सर लगायत दीर्घरोगको परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

    छ) वडामा स्वास्थ्यचौकीको विस्तार गरिनेछ । भएका स्वास्थ्य चौकीको भौतिक संरचना निर्माण गर्नुका साथै स्तरोन्नति र सबै स्वास्थ्य चौकीमा दरवन्दी र नविनतम प्रविधिहरु जडान गरिनेछ ।

    ज) स्वास्थ्य बीमा बोर्डसँगको समन्वयमा सबै वडा बासीलाई अनिवार्य बीमा कार्यक्रममा जोड्ने र विपन्नहरुको प्रिमियम नगरपालिकाले तिरिदिने व्यवस्था गर्ने ।

    ४, कृषि, पर्यटन, संस्कृति तथा युवा स्वरोजगार

    क) चाँगुनारायण नगरपालिकाभित्रका कृषियोग्य जमिनलाई सुरक्षित राखि कृषिअयोग्य जमिनमा आवास निर्माण गर्न प्रोत्साहन गरिनेछ ।

    ख) नगरपालिकाको कृषि शाखामार्फत व्यवसायिक कृषि र सहकारी कृषि प्रणालीमा प्रोत्साहन गरिनेछ । व्यवसायिक कृषि उद्यम गर्ने युवालाई वडामा विशेष सहुलियत र अनुदान उपलब्ध गराइनेछ ।

    ग) कृषिलाई यान्त्रिकीकरण गर्न प्रदेश र संघ सरकारसँग समन्वय गरि कृषकलाई कृषि औजार र उपकरणहरु अनुदानमा वितरण गरिनेछ ।

    घ) नगरपालिकाको समन्वयमा नगरभित्रका सबै कृषि उपजहरुको बजार सुनिश्चित गर्न विशेष संयन्त्रको व्यवस्था गरिनेछ । कृषक र बजारबीच रहेका विचौलियाहरुलाई निरुत्साहित गरिनेछ ।

    ङ) चाँगुनारायण भित्र रहेको चाँगुनारयण मन्दिर , स्तरोन्नति गरि पर्यटक आकर्षित गर्न विशेष पर्यटन –प्रर्बधन योजना ल्याइनेछ ।

    छ) स्वदेशमै बसेर उद्यम गर्न चाहने युवाहरुलाई कार्ययोजनाका आधारमा सहुलियत ऋण उपलब्ध गराइनेछ भने १० जनाभन्दा बढिलाई रोजगार प्रदान गर्ने उद्यमीलाई उद्यमको प्रकार हेरी विशेष अनुदान उपलब्ध गराइनेछ । विदेशबाट फर्किएका युवालाई सीपविकास तालिम र स्थानीय तहमै रोजगारीको व्यवस्था गरिनेछ ।

    ५, भ्रष्टाचार नियन्त्रण तथा सुशासन

    क) वडा भित्र विकृतिका रुपमा मौलाएको भ्रष्टाचार नियन्त्रण गर्न सबै वडामा नागरिक संयन्त्रको निर्माण गरिनेछ । भ्रष्टाचार गर्ने जनप्रतिनिधि र कर्मचारीलाई सार्वजनिक बहिष्कारको कदम चालिनेछ ।

    ख) नगरपालिकाभित्र रहेका सार्वजनिक जग्गाको अभिलेख र सूचिकरण गरि सार्वजनिक जग्गा मिच्नेलाई कानुनी दायरामा ल्याउनुका साथै उक्त जग्गाहरुलाई नगरपालिका मातहतमा ल्याइनेछ ।

    अन्तमा, वडा भित्रका विभिन्न पदमा निर्वाचन लडेका र पराजित भएका उम्मेदवारहरुको असल एजेण्डाहरुलाई आत्मसाथ गरि उनीहरुलाई पनि साथमा लिई कार्य गर्ने गरि संयन्त्र बनाएर अघि बढ्ने संकल्प गर्दछु ।

    रामकुमार तामाङ
    वडा अध्यक्ष उम्मेदवार

    प्रतिकृया दिनुहोस्