News Portal

  • आज विहानैबाट पानी, विभिन्न ठाउँमा मेघ गर्जन र चट्याङ्ग

    जनगर्जन संवाददाता
    ३३२ पटक

    १९ बैशाख, काठमाडौं देशभरको मौसम बदली भएको छ । भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समतल भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभावका कारण नेपालमा मौसम बदली भएको हो ।

    आज विहानैबाट काठमाडौं र विभिन्न आसपासका क्षेत्रमा हल्का बर्षा भएको छ भने अधिकांश ठाउँको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ।

    प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    मौसम भोलिसम्म पनि सफा नहुने महाशाखाले जनाएको छ । मंगलबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली हुनेछ । मंगलबार भने केही स्थानमा मौसम सामान्यता सफा रहनेछ।

    त्यसैगरी महाशाखाका अनुसार प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    प्रतिकृया दिनुहोस्