News Portal

  • अध्यक्षका उमेदवार तज प्यानलसहित घरदैलो अभियानमा

    जनगर्जन संवाददाता
    ६५९ पटक
    नेपाली कांग्रेस सुर्यविनायक नगरपालिका वडा नम्वर पाचका वडा अध्यक्ष राजेश तजले चुनावी घरदैलो अभियान सुरु गरेको छन् । सत्तारुढ दलहरुको गठबन्धनले मेयर, अध्यक्ष, उपमेयर, उपाध्यक्षमा साझा उम्मेदवार चयन गरेर अधिकत्म वडातहमा समेत सीट बाँडफाड मिलाएपछि एकैसाथ चुनावअभियानमा लागेका हुन् ।
    प्रचारप्रसार समिति अनतरगत भातृ तथा सुभेक्कछुक परिचालन संयोजक जीवन जंग खत्रिले वडातहमा रहेका सबै टोलहरुमा चुनावी घरदैलो अभियान सुरु भएको बताउनु भयो । उहाँका अनुसार हरेक दिन कम्तिमा वडामा उम्मेदवार अध्यक्ष , सहितको टोली पुगेर जनताका सुझावहरु संकलन गरिने छ । वडाको विकासका योजना सहितका प्रतिवद्धताबारे जनतालाई जानकारी गराउन चुनावी घरदैलो अभियान सुरु भएको बताउनु भयो ।
    उहाँका अनुसार अधिकाँस जनताको राम्रो सहयोग पायको वहाको भनाई छ । पुरै वडा, वडाध्यक्ष उम्मेदवार सहितको टिम प्रचारमा सहभागिता रहेको छ । नगरपालिकामा नयाँ मोडेलमा वडातहमा समेत तालमेल भएको छ । तालमेल हुन नसकेका थोरै वडामा मित्रवत प्रतिस्पर्धा हुनेछ । सुर्यविनायक नगरपालिकामा कांग्रेसले मेयर र एकिकृत समाजवादीले उप मेयर उम्मेदवारी वनाएर प्रचार अभियना शरुगरेको वहाले जान कारी दिनु भयको छ ।
    प्रतिकृया दिनुहोस्