News Portal

  • हाम्रो भोटले काँग्रेसले जितेको भएपनि अहिले अपमान गर्यो : राप्रपा भक्तपुर

    जनगर्जन संवाददाता
    ६३६ पटक

    राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) भक्तपुरले नेपाली काँग्रेसले आफ्नो पार्टीको जनमतको अपमान गरेको आरोप लगाएको छ । शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै राप्रपाका सहमहामन्त्री एवम चाँगुनारायण नगरपालिकामा मेयरका प्रत्यासी रविन्द्रप्रताप शाहले काँग्रेसले विगतलाई भुलेको आरोप लगाए । उनको भनाई छ उपनिर्वाचनमा हाम्रो भोटले काँग्रेसले जितेको भएपनि अहिले अपमान गर्यो ।’

    पत्रकार सम्मेलनमा राप्रपाका सहमहामन्त्री एवम चाँगुनारायण नगरपालिकामा मेयरका प्रत्यासी रविन्द्रप्रताप शाह, केन्द्रीय नेता दिनेश श्रेष्ठ, जिल्ला अध्यक्ष रामशरण लामिछाने, नेता प्रवीण ढुंगेल लगायतको सहभागिता रहेको थियो । २०७६ सालमा भएको उपनिर्वाचनमा राप्रपाको मतका कारणले अहिलेका बागमती प्रदेशका मन्त्री रहेका कृष्णलाल भडेँलले जितेको उनको भनाई छ । ।

    राजनीतिक इमानदारिता नभएको काँग्रेसका नेताहरुले गर्दा लोकतान्त्रिक शक्ति बीचको एकतामा समस्या आएको शाहले बताए । पत्रकार सम्मेलनमा राप्रपाका केन्द्रीय नेता दिनेश श्रेष्ठले भने–‘चाँगुनारायणमा हामी बिना काँग्रेसको हैसियत छैन, हाम्रो भोटले जित्यो अहिले अपमान गर्दैछ ।’

    काँग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधिको निवासमा शेरबहादुर देउवाको आदेशमा गरिएको सम्झौतालाई पालना गर्न एक पटक पनि छलफल गर्न नबोलाएको उनको भनाई छ ।

    प्रतिकृया दिनुहोस्