News Portal

  • सुर्यविनायक वडा नं ५ मा नेपाली काँग्रेसको तर्फबाट वडाअध्यक्ष राजेश तजले गरे अपिल

    जनगर्जन संवाददाता
    ११४१ पटक

    भक्तपुर । बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा सुर्यविनायक वडा नं ५ मा नेपाली काँग्रेसको तर्फबाट वडाअध्यक्षको उम्मेदवार बनेका युवा उद्यमी राजेश तजले मतदाताका नाममा एक अपिल जारी गरेको छन । आफू कुनै एउटा राजनीतिक पार्टीको मात्र उम्मेदवार नभएर समग्र वडाबासीको साझा उम्मेदवारको रुपमा चिनाउन चाहेको बताएका छन् ।

    ‘पार्टी मेरो लागि माध्यम हुनसक्छ तर म सबैको साझा उम्मेदवार हुँ,’ राजेशले अपिलमा भनेका छन् । भक्तपुर जिल्ला देशकै एतिहासिक धरोहर भएकाले धार्मिक तथा साँस्कृतिक सम्पदाको धनी भनेर चिनिन्छ। भक्तपुरका चारवटा नगर मध्ये सुर्यविनायक नगरपालिकाको छुट्टै आफ्नै पहिचान छ ।

    हाम्रो वडा पनि यहि नगरपालिकामा पर्ने भएकोले हाम्रो वडामा नेपालको राजनितिक इतिहासका सर्वमान्य नेता स्व गणेशमान सिंहको स्मृतिमा गणेशमान वाटीका, प्राचीन पानी ढुड्गेधाराहरु,ठूला आकारको हरियाली बनजङ्गल ,प्रस्तावित अन्तराष्ट्री स्तरको खुल्ला चिडियाखाना , स्वर्णेश्वर मन्दिर, कृष्णप्रणाली मन्दिर,लगायतका धार्मिक सम्पदाहरु संरक्षण गर्ने भुमिका हाम्रो भयकाले पनि तपाईले सवै धर्मको सम्मान गर्ने काममा मेरो भुमिका रहने भयकोले चुनाव जिताउन अपिल गरेका छन् ।

    हेर्नू होवस् राजेश तजको अपिल

    प्रतिकृया दिनुहोस्