


भक्तपुर, १५ बैशाख २०७९ नेकपा (माओवादी केन्द्र )ले भक्तपुर नगरमा गठबन्धन पार्टीहरूका बिचमा आफुले भने अनुसारको सहमति हुन नसके पछि गठबन्धनवाट वाहिरएको छ । गठबन्धनबाट बाहिरिए संगै भक्तपुर नगरमा प्रमुख र उप–प्रमुख सहित सबै वडामा उम्मेद्वारी दिएको माओवादी केन्द्र एक्लै भिड्न लागेको हो ।
गठबन्धनबाट उम्मेद्वारी नदिएर आफ्नै पुरै सेट प्रस्तुत गरेको माओवादी केन्द्रले भक्तपुर नगर प्रमुखमा पुराना नेता तुल्सीभक्त सुवाललाई अघि सारेको पनि उपमेयरमा भने जिल्ला सहइन्चार्ज दिवाकरकी श्रीमती इन्द्रमायाँ सुवाल उठाएको छन् । भक्तपुरमा किसान आन्दोलनका नेता सुवाल नगरमा एक इमान्दार व्यक्तित्वको रुपमा परिचित छन् । उप प्रमुख इन्द्रमाया सुवाल जनयुद्धकालीन महिला नेत्री हुन जनयुद्धमा सुवाल दर्जनौं लडाई लडेकी साहसी महिला हुन् । उनले आफूहरु लडेर ल्याएको गणतन्त्र हाम्रो एजेन्डामा बनाइएको स्थानीय सरकार स्थानीय जनताको सानो भन्दा सानो समस्या पनि समाधान गर्न सक्नु पर्दछ । त्यसैको लागि आफूले उम्मेद्वारी दिएको दावी गरिन् । हाम्रो नीति भएकोले नेतृत्वपनी हाम्रो हुनुपर्ने भन्दै उनले चेतनशील नगरवासीले माओवादी केन्द्रलाई बिजयी गराउने विश्वास व्यक्त गरिन् ।
माओवादीले सवै नगरमा छुटै आफ्नो उम्मेदारी दिएको भएपनि माओवादीले अन्तिम सम्म गठबन्धनको विचमा सहमतिको प्रयास जारी राख्ने प्रदेश सदस्य युवराज आचार्यले जानकारी दिनुभएको छ । हाम्रो गठबन्धनको मुख्य एजेन्डा संघिय लोकतन्त्रीक गणतन्त्र र संविधान बचाउनु भएकोले नगरमा भएको सहमती बिपरीतको उम्मेद्वारी फिर्ता लिने र सहमति नभएका ठाउँमा सहमतिको प्रयास जारी राख्ने आचार्य भनाईरहेको छ । गठबन्धनमा सामेल नभई एक्लै दर्ता गरिएको भएपनि भक्तपुरमा पनी अन्तिम प्रयास सहमतीकै उम्मेद्वारीको हुने प्रदेश सदस्य आचार्यले जानकारी दिएका छन् । नगरका कार्यकर्ता र माओवादी केन्द्रलाई मायाँ गर्ने मानिसहरुको दबाबका कारण उम्मेद्वारी दिएको उनको भनाई छ ।
