News Portal

  • पत्रकार महासंघ भक्तपुरका अध्यक्ष प्रजापतिले दिए स्वतन्त्र उम्मेदवारी

    जनगर्जन संवाददाता
    २७९ पटक

    १४ बैशाख, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापतिले मध्यपुर थिमि नगरपालिका वडा नं. १ बाट अध्यक्षतामा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । प्रजापतिले नेपाली काँग्रेसका उम्मेदवार विरुद्ध आफूले उम्मेदवारी दिएको सार्वजनिक गरेका छन् । उनले भनेका छन् नेपाली काँग्रेसले मध्यपुर थिमि वडा नं. १ को टिकट वितरण गर्दा भेदभावपूर्ण तरिकाले वितरण गरेको र साविक रुपमा लोकन्थली गाविसको वडा नं. ४ (अरनिको राजमार्ग दक्षिण)जुन काँग्रेसको गढको रुपमा परिचित छ, सो क्षेत्रलाई पुरै उपेक्षा गरी एउटा वडा सदस्य समेत नदिए पछि उम्मेदवारी दिएको हुँ ।

    ‘प्रजापति २०७७ चैत २५ गते भएको पत्रकार महासंघको निर्वाचनमा भक्तपुर अध्यक्षतामा निर्वाचित भएका थिए । काङ्ग्रेसको सो वडामा बाबुकाजी डंगोललाई आधिकारिक रुपमा उम्मेदवार बनाएको छ । यता, पत्रकार महासंघ भक्तपुर शाखाले प्रजापतिको पद के हुने , भन्दै केन्द्रमा निर्णयार्थ पत्र पठाएको छ । महासंघको यही बैशाख ८ बसेको बैठकले कुनैपनि बहालवाला पदाधिकारी वा सदस्य स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएमा उसको पद स्वःत रिक्त हुने सर्कुलर नै जारी गरेको थियो ।

    यस्तो छ प्रजापतिको फेसवुक मार्फत मतदाताहरुलाई गरेको अनुरोध

    प्रतिकृया दिनुहोस्